अनन्त यात्रालाई अन्तर्राष्ट्रिय अवार्ड

0
Shares

सर्ट फिल्म अनन्त यात्राले रसियाको मस्कोमा भएको भिडियो आर्ट फेस्टिवल नाउ एन्ड आफ्टरको अवार्ड हात पारेको छ।

सुनील पाण्डेको लेखन तथा निर्देशन रहेको अनन्त यात्रा उत्कृष्ट फिल्ममध्ये तस्रो भएको हो। यसअघि विभिन्न २० भन्दा बढी फिल्म अवार्डको मनोनयनमा परेको यो सर्ट फिल्मले अस्ट्रियामा भएको युकी इन्टरनेसनल युथ मिडिया फिल्म फेस्टिवल, जर्मनमा भएको बर्लिन एक्सपेरिमेन्टल सर्ट फिल्म फेस्टिवल तथा नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, ओस्कर कलेज सर्ट फिल्म फेस्टिवल, एकादेशमा अन्तर्राष्ट्रिय सर्ट फिल्म फेस्टिवलबाट उत्कृष्ट अवार्ड चुमिकेको छ।

हजुरआमाको निधनपछि उहाँकै सम्झनामा अनन्त यात्रा बनाएको निर्देशक पाण्डेले बताए। फिल्मले मानिसको अनन्त जीवन चक्रलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ। मानिसको मृत्युपछि शुरु हुने आत्मको अनन्त यात्रा फिल्ममा समावेश छ। फिल्ममा राधा लम्साल मुख्य भूमिकामा छिन्। निर्देशक पाण्डेले अन्य आधा दर्जन सर्ट फिल्म निर्देशन गरिसकेका छन् भने अहिले सिंहदरबार–२ टेलिशृंखलाको निर्देशन समूहमा रहेर काम गरिरहेका छन्।