यातायात व्यवसायीको दादागिरी सकियो, देशभरी रुट परमिट खुला


काठमाडौं । देशभरका सडकमा रुट परमिट खुलाउन यातायात कार्यालयहरुलाई विभागले निर्देशन दिएको छ । सिन्डिकेटविरुद्ध उभिएको यातायात व्यवस्था विभागले आज सबै सडकमा रट परमिट खुलाउन देशभरका यातायात कार्यालयहरुलाई निर्देशन दिएको हो ।

यातायात व्यवस्था ऐनमा व्यवस्था गरिएको खुला प्रतिस्पर्धाको मर्मका आधारमा देशभरका सबै रुटहरुमा नयाँ सवारीलाई परमिट दिन निर्देशन दिएको विभागले जनाएको छ ।

आज मातहतका कार्यालयहरुलाई परिपत्र गरी रुट परमिट खुलाउन निर्देशन दिइएको विभागका महानिर्देशक रुपनाराण भट्टराईले जानकारी दिएका छन ।

अब कुनै पनि रुटमा सवारी इजाजत जारी गर्न सरकारका पक्षबाट नरोकिने कार्यालयले जनाएको छ ।
विभागको निर्देशन अटेर गरे कार्यालय प्रमुखलाई विभागीय कारवाही गरिने विभागले चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।