अमेरिकी गायिका महोगेनी काठमाडौं र वीरगन्जमा आफ्नो प्रस्तुति दिँदै

0
Shares

अमेरिकी महिला र्यापर तथा हिपहप गायिका महोगेनी जोन्सले आफ्ना ब्यान्डका साथ नेपालमा सांगीतिक प्रस्तुती दिने भएकी छिन्। नेपालस्थित अमेरिकी दूतावासका अनुसार उनी नेपालमा नागरिक अभियान प्रवद्र्धनको लक्ष्यका साथ आफ्नो कन्सर्ट दिन नेपाल आउन लागेकी हुन्।

प्रस्तोता र वाचिकासमेत रहेकी उनको शुरुको नाम चेरिज लुई बेली भए पनि स्टेजमा महोगेनी जोन्सले चिनिने उनका प्रस्तुतीमा नारीवाद, अध्यात्मवाद र जोशको सम्मिश्रण पाइन्छ। उनका नेभर अगेन, ब्लु कलर लजिक, स्किन डिप जस्ता गीत मन पराइएका गीतहरू हुन्। उनका प्योर लभ, मर्फेड, सुगर वाटर जस्ता एल्बम प्रकाशित छन्।

उनले आफ्नो ब्यान्ड सदस्यका साथ नेपालका चर्चित गायक–गायिका र प्रस्तोताबीच काठमाडौं र वीरगन्जमा आफ्नो प्रस्तुती दिने दूतावासले जनाएको छ। उनको प्रस्तुती तथा कार्यक्रम तालिका पछि जानकारी गराइने दूतावासले आफ्नो फेसबुक पेजमा उल्लेख गरेको छ।

Skip This