रहेनन् साहित्यकार इन्द्र बहादुर राई


काठमाडाैं । साहित्यकार इनद्रबहादुर राईको देहावसान भएको छ । ९० वर्षको उमेरमा आज आफ्नै निवासमा उहाँले ईहलोक त्याग्नु भएको हो ।

भारतको दार्जिलिङमा जन्मनु भएका राईले नेपाली भाषा वाङ्मयको श्रीवृद्धिमा ठुलो योगदान गर्नुभएको थियो ।
साहित्यकार राईको केही वर्ष अघि देखि स्वास्थ्यमा समस्या आएको थियो । गत वर्ष उहाँ उपचारका लागि काठमाण्डौ समेत आउनुभएको थियो ।

साहित्यमा आयामेली आन्दोलनका सर्जक तथा लीला लेखनका अगुवा राई नेपाली वाङ्मयका मुर्धन्य साहित्यकारमा गनिनु हुन्छ । ‘विपना कतिपय’ , ‘आज रमिता छ’ र ‘कठपुतलीको मन’ उहाँको प्रकाशित अमर कृतिहरु हुन् ।

नेपाली भाषालाई भारतीय संविधानमा राष्ट्रभाषाको दर्जा दिलाउने भाषिक अधिकार आन्दोलनमा पनि राईको योगदान रहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।