प्रेम दिवसलाई प्रेमिल गीत

0
Shares

गायक कमल के क्षत्रीद्वारा स्वरबद्ध प्रेमिल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। भ्यालेन्टाइन डेको पूर्वसन्ध्या पारेर गायक क्षत्रीले सफ्ट पप शैलीमा माया गर्छु बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। गीतमा गायक क्षत्रीकै शब्द तथा संगीत रहेको छ। शैलेन्द्र एम प्रधान गीतका संगीत संयोजक हुन्।

नरेन लिम्बुद्वारा निर्देशित गीतको म्युजिक भिडियोमा कुसुम गुरुङ तथा रवि आरएनले अभिनय गरेका छन्। कुमुस पछिल्लो समय रंगमञ्चमा सक्रिय रंगकर्मी हुन्। विनय कंशाकार यो भिडियोका सम्पादक हुन्। भिडियोमा अंग्रेजी उपशीर्षक पनि समावेश गरिएको छ।

 

Skip This