कालापानी कटाऊ



आफ्नै साथीको समवेदना छापेर कमिसन खाने प्रहरी अधिकृत नै अहिले प्रहरी नियमावली संशोधन गर्न लागेको देखेर धरहरा तीन छक्क परेको छ। हैन कस्ताकस्ता प्रहरीका हाकिम छन्। आफ्नै साथीको समवेदना छापेर कमिसन खाने प्रहरी भनेको यो त गिद्ध नै हो भन्ने निष्कर्षमा धरहरा पुगेको छ। यस्ता हामिकको पछि लाग्ने प्रहरी महानिरीक्षक र उनका आसेपासेको भूमिका देखेर प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँले परिचालन गरेको समूहलाई के को उपाधि दिने धरहरा नै तीन छक्क परेको छ। कमिसनमा डुबेका ती प्रहरी अधिकारी को हुन् भन्नेमा धरहरा खोजी गर्न लागि परेको छ। उनको नाम पत्ता लाग्नासाथ सार्वजनिक गर्ने प्रण धरहराले गरेको छ। त्यस्ता हाकिमलाई त कालापानी कटाउनुपर्ने सुझाव दिन्छ धरहरा।

प्रतिक्रिया दिनुहोस्