रियो छमछमी ३ मा मनिषको पूर्णविराम

0
Shares

नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको मेगा डान्स रियालिटी सो रियो छमछमी ३ बाट यो साता विराटनगरका मनिष कटुवाल बिदा भएका छन्।

विराटनगरबाट मेगा अडिसनका लागि काठमाडौं आइपुगेका मनिषले टप टेनको प्रस्तुतिबाट दर्शकलाई त्यति सन्तुष्टि दिन नसकेका कारण दर्शकबाट सोचेजति माया भोटमार्फत बटुल्न सकेनन्। टप नाइन राउन्डको प्रस्तुतिमा निर्णयकबाट निकै वाहवाही बटुले पनि सो को अन्त्यमा अघिल्लो हप्ताको प्रस्तुतिको आधारमा उनले प्राप्त गरेको भोट उनलाई अगाडि लैजान भने काफी भएन। सोही राउन्डमा हेटौंडाका सरोज राना प्रजाले भने सबैभन्दा बढी भोट प्राप्त गर्ने प्रतिस्पर्धीका रूपमा चौधरी ग्रुपको तर्फबाट विशेष गिफ्ट याम्पर प्राप्त गरे।

शोमा कलाकार शिल्पा पोखरेल र पुष्प खड्काको प्रस्तुतिले थप रोमाञ्चकता थपेको थियो। शोको प्रतिस्पर्धाबाट बिदा लिँदैै मनिषले सम्पूर्ण दर्शक र भोटदातालाई धन्यवाद दिए। आप्mनो नशानशामा नृत्य दौडिएकाले आगामी दिनमा यही क्षेत्रमै लागिरहने र यसैमा आप्mनो भविष्य रहेको उनले बताए। टप नाइन राउन्डसम्मको सहभागीका रूपमा रहँदा कोरियोग्राफर र निर्णायकहरुबाट धेरै फर्ममा नृत्य सिक्ने राम्रो अवसर पाएको उनले बताए। शोबाट बाहिरिंदै गर्दा उनले एलजीको ३२ इन्चको स्मार्ट टिभी पुरस्कारका रूपमा प्राप्त गरेका छन्। प्रतियोगिताको मैदानमा अब ४ जना पुरुष र ४ जना महिला प्रतिस्पर्धी मैदानमा छन्।

हरेक बुधबार बेलुकी ८ः४० बजे नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको रियो छमछमी ३ सोही दिन राति ११ः३० बजे र बिहीबार दिउँसो २ः२० बजे पुनः प्रसारण हुँदै आएको छ। यो रियालिटी सोमा प्रथम हुनेले डाट्सनको रेडी गो कार, द्वितीय हुनेले ५ लाख रुपियाँबराबरको एलजी होम एपलाइन्सेस, तृतीय हुनेले ३ लाख रुपियाँबराबरको एलजी होम एपलाइन्सेस र टप टेनभित्र स्थान बनाउने अन्य ७ जना प्रत्येकले ३२ इन्चको एलजी स्मार्ट टिभी पुरस्कारस्वरूप प्राप्त गर्नेछन्।

उत्कृष्ट १२ देखि नै भोटिङ राउन्डका रूपमा दर्शकको निर्णय (भोट) लाई आधार बनाइ टप फाइभ राउन्डसम्म सञ्चालन हुनेछ र अन्तिम ५ प्रतिस्पर्धीले ग्रान्ड फिनालेमा आफ्नो प्रस्तुति दिनेछन्। ग्रान्ड फिनालेको विजेताको निर्णयसमेत दर्शकहरुको भोटिङकै आधारमा हुनेछ। रियो छमछमी ३ को प्रायोजन चौधरी ग्रुपको पेय उत्पादन रियोले गरेको छ।

Skip This