रियो छमछमीबाट बाहिरिए अविनाश

0
Shares

नेपाल टेलिभिजनबाट प्रसारण भएको मेगा डान्स रियालिटी शो रियो छमछमी–३ बाट अविनाश हमाल बिदा भएका छन्। बुटवल, रूपन्देहीको अडिसनबाट छानिएर २ सय ७५ प्रतियोगीबीच मेगा अडिसनका लागि काठमाडौं आएर प्रत्येक राउन्डमा विविधतायुक्त प्रस्तुति दिँदै निर्णायकबाट प्रशंसा बटुलेका र अर्बन डान्स फर्ममा छुट्टै पहिचान छोड्न सफल अविनाशले टप १० राउन्डमा भने दर्शकबाट भोटमार्फत सोचेजति माया बटुल्न सकेनन्।

शोबाट बाहिरिँदै गर्दा उनले एलजीको ३२ इन्चको स्मार्ट टिभी पुरस्कारको रूपमा प्राप्त गरेका छन्। बिदा हँुदै गर्दा उनले दर्शक र भोटदातालाई धन्यवाद दिँदै आगामी दिनमा निरन्तर नृत्य क्षेत्रमै लागिपर्ने र निरन्तर साधनाबाट छमछमीको अर्को शृंखलामा विजेताको रूपमा प्रस्तुत गर्ने बताए।

हरेक बुधबार बेलुकी ८ः४० बजे नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको रियो छमछमी–३ का दर्शकले सोही दिन राति ११ः३० बजे र बिहीबार दिउँसो २ः२० बजे पुनः प्रसारण हेर्न सक्नेछन्। रियो छमछमी–३ को प्रायोजन चौधरी ग्रुपको पेय उत्पादन रियोले गरेको छ।

Skip This