थपियो म्युजिक अवार्ड

0
Shares

मिडिया एन्ड इन्टरटेनमेन्ट प्रालिले नेसनल पावर न्युज म्युजिक अवार्ड २०१८ गर्ने भएको छ। विभिन्न १३ विधालाई समावेश गरी गर्न लागिएको अवार्डमा मूलधारका गीतसंगीतका अलावा विभिन्न भाषाभाषीका गीतको समेत सहभागिता रहने आयोजकले जनाएका छन्।

अवार्डमा सन् २०१५ जनवरी १ देखि २०१७ डिसेम्बर ३ सम्म रेकर्ड भएका वा बजारमा आएका नेवारी, देउडा, मैथली, भोजपुरी, शेर्पा, तामाङ, लिम्बु, राई, थारु, गुरुङ र मारवाडी भाषालाई अवार्डमा सहभागी गराइने भएको छ। चलचित्र, आधुनिक⁄पप र लोकदोहोरी गीतका लागि उत्कृष्ट गीतकार, संगीतकार र गायक⁄गायिका विधामा अवार्ड दिइने भएको छ। अवार्ड कार्यक्रम फागुनको दोस्रो साता हुने जनाइएको छ।

Skip This