पाँचथरको चिसो रातलाई तताए राजेशले

0
Shares

पाँचथर, (नेस)। पुसको चिसो रात छिपिँदै जाँदा फिदिम माविका खेल मैदानमा उपस्थित भएका ५ हजारभन्दा बढी शर्दक भने भित्र–भित्रै तातिरहेका थिए।

पाँचथरको फिदिममा शनिबार साँझ राई इज किङ गायक राजेशपायल राईले ५ हजारभन्दा बढी दर्शकलाई बुरुक–बुरुक उफारेर मनोरञ्जन दिलाएका थिए। नवौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता तथा चासोक मेलाको अवसरमा आयोजित सांगीतिक कार्यक्रममा राईले आफ्ना एक दर्जन लोकप्रिय गीत गाएर पाँचथरे दर्शकलाई मनोरञ्जन दिएका थिए ।

न्यु वरदान संगीतालय फिदिमले आयोजना गरेको सांगीतिक कार्यक्रममा राईले तिमीले बाटो फेर्यौ अरे, म त मर्छु कि क्या हो ठूली, किन यति धेरै माया लाग्छ नि, उकालीमा जाँदाजाँदै दाहिने पर्यो बर, रुख काट्ने वञ्चरो, मोहनी लाग्ला है, हिजो छुटेदेखि आज बल्ल बल्ल भेट भो दर्शन नमस्त,े तिमी ज्यान माग ज्यान दिन्छुलगायतका गीत गाएर दर्शक तताएका थिए।

कार्यक्रममा रेवत राई, इन्जिनियर वीरेन्द्र श्रेष्ठ, सुरज मादेन, अबि सुब्बा, सुजन आङ्देम्बे, सन्तोष राईलगायतका कलाकारले गीत प्रस्तुत गरेका थिए। त्यसै गरी यु वरदान संगीतालय फिदिम र फ्युजन डान्स एकेडेमीका कलाकारले आकर्षक नृत्यसमेत गरेका थिए।

Skip This