विराट र अनुष्काको पार्टीमा किन छुटे सलमान ?



बलिउड नायिका अनुष्का शर्मा तथा भारतीय क्रिकेटर विराट कोहलीले बलिउड फिल्म उद्योगसँग जोडिएका व्यक्तिहरूका लागि मंगलबार दोस्रो रिसेप्सन राखे। उनीहरूले बलिउड फिल्म नगरीका व्यक्तिहरूको नाम लिस्ट नै बनाएर निम्तो पठाएका थिए।

यस कारण उक्त रिसेप्सनमा अमिताभ बच्चन, शाहरुख खानदेखि लिएर अमिर खानसम्म कार्यक्रमा सहभागी भएका थिए। तर, अचम्मको कुरा के छ भने अनुष्काले सँगै काम गरिसकेका बलिउड नायक सलमान खान भने उक्त रिसेप्सनमा देखिएनन्।

शाहरुख खान, अमिर खान आदिलाई बोलाइए पनि सलमान खानलाई भने निम्तो नै नगरिएका कारण उनी त्यहाँ नगएको खबर भारतीय मिडियाहरूले प्रकाशन गरेका छन्। सबैलाई बोलाइएको कार्यक्रममा सलमानलाई मात्र छुटाउनुको भने एक विशेष कारण रहेको अनुमान गरिएको छ। फिल्म सुल्तानको सुटिङको क्रममा विराट र अनुष्काको ब्रेकअप भएको खबर आइरहेको थियो। उक्त समय अस्ट्रेलियामा रहेका विराटले अनुष्कासँग कुनै ठाउँमा घुम्न जाने योजना बनाइरहेका थिए।

विराट र अनुष्का दुवैजना केही महिनादेखि निकै व्यस्त भएर एक–अर्कालाई समय दिन नपाएको कारण पनि विराटले उक्त योजना बनाएका थिए। तर, उक्त समय अनुष्का फिल्म सुल्तानको सुटिङमा व्यस्त थिइन्। त्यस कारण पनि उनले विराटको प्लान क्यान्सिल गर्नुपर्र्यो। जसका कारण विराट अनुष्कासँग रिसाएका थिए।

सुल्तानको सुटिङको क्रममा सलमानले अनुष्कालाई रोकेका कारण विराटले सलमानलाई आफ्नो रिसेप्सनमा नबोलाएको अनुमानका खबर भारतीय मिडियाहरूले प्रकाशन गरेका छन्। तर, यस कुराको पुष्टि भने गरिएको छैन।

सलमानले बुधबार मात्रै आफ्नो ५२औं जन्म मनाएका छन्। उनले भारतको मुम्बईमा आफ्नो परिवार तथा प्रेमिका युलिया वन्तुरसँग आफ्नो जन्मदिन धुमधामका साथ मनाएका हुन्। उनको बर्थडे पार्टीमा उनका एक्स गर्लफ्रेन्ड संगीता बिजलानी तथा कट्रिना कैफसमेत सामेल थिए।

प्रतिक्रिया दिनुहोस्