विराट र अनुष्कालाई अनौठो उपहार दिने राखीको चाहना

0
Shares

केही दिनअघि इटालीमा धुमधामका साथ विवाह बन्धनमा बाँधिएको जोडी विराट कोहली र अनुष्का शर्माले भारत फर्किएपछि २१ डिसेम्बरमा भारतको दिल्लीस्थित होटल ताजमा आफ्नो पहिलो वेडिङ रिसेप्सन राखे भने मंगलबार उनीहरूको दोस्रो रिसेप्सन पार्टी भयो।

दिल्लीको ताज होटलमा भएको रिसेप्सनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेत सहभागी थिए। मोदीले स्टेजमा गएर उनीहरूलाई आशिर्वाद दिँदै रातो गुलाफको फूल दिएको विषयले भारतीय मिडियामा राम्रै स्थान पाएको थियो। अब मोदीपछि उनीहरूको जोडीलाई एक भारतीय सुन्दरीले अजिबको वस्तु गिफ्ट गर्ने चाहना व्यक्त गरेकी छन्। ड्रामा क्विनको नामले परिचित आइटम डान्सर राखी सावन्तले विराट र अनुष्कालाई कण्डम गिफ्ट दिन चाहेको बताएकी छिन्। उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा राखेको एक भिडियोमा यस्तो कुरा बताएकी हुन्।

जसरी भए पनि चर्चामा रहन रुचाउने कारण राखीले बेला–बेलामा केही न हेकी गरिरहेकी हुन्छिन्। बिबे नामको कण्डम ब्रान्डसँग सहकार्य गरिरहेकी राखी चाहन्छिन् कि यस कण्डमको पहिलो ग्राहक नवजोडी विराट र अनुष्का बनुन्। उनले आफूले विराट र अनुष्कालाई कण्डम गिफ्ट दिन चाहेको कारण खुलाउँदै भनेकी छिन्– ‘मेरो दिल सफा छ। म चाहन्छु कि उनीहरू दुवै जना सुरक्षित रहुन् र अलग–अलग फ्लेभरका साथ आफ्नो यौन जीवनको मज्जा लिउन्। सेलिब्रेटी कपल विराट कोहली र अनुष्का शर्मा निकै प्यारो जोडी हुन्।’ राखीको यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

केही दिनअघि राखीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक भिडियो शेयर गरेकी थिइन् जसमा उनले आफ्नो मनपर्ने कण्डम फ्लेवरको बारेमा बताएकी थिइन्।

Skip This