महोत्सवमा गायन स्पर्धा



हेटौंडा, (नेस)। हेटौंडामा जारी दोस्रो खेलकुद तथा व्यापार महोत्सव २०७४ को तेस्रो दिनबाट एकल गायन प्रतियोगिता शुरू गरिएको छ।

२२ प्रतियोगी सहभागी प्रतियोगितामा १५ गायकगायिकाले अर्को राउन्डमा प्रवेश पाएका छन्। छनोट भएका १५ गायकगायिकामा मनमाया वाइबा, चन्द्रप्रकाश वाइबा, प्रेमलाल बैठा, सञ्जय तामाङ, सुजन बस्नेत, गंगामाया पाख्रिन, मिलन पुलामी मगर, रमेशराजेश दर्नाल, राजकुमार मोक्तान, विक्रम भोम्जन, गौरी सुवेदी, सुनील तामाङ, अस्मिन तामाङ, श्याम घलान र श्रीखण्ड राई छन्।

२२ जनाले अनप्लग भर्सन र म्युजिक ट्रइकमा गीत सुनाएका थिए। सुर, ताल र प्रस्तुतिका आधारमा छनोट भएका १५ गायकगायिकाको प्रस्तुतिबाट १० जना छनोट गरिने निर्णायक समितिले जनाएको छ। निर्णायक समितिमा गायक ईश्वर खड्का र गायिका सुनीता शर्मा लुइँटेल रहेका छन्। गायकगायिकको प्रस्तुति र दर्शक भोटका आधारमा पहिलो, दोस्रो र तेस्रो छनोट हुने छन्। गायन विधामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २०, १० र ५ हजार नगद प्राप्त गर्ने मेला सहसंयोजक विशाल घोषले बताए।

प्रतिक्रिया दिनुहोस्