नवीनले ल्याए फुलेको तोरी



लोक दोहोरी गायक नवीन पौडेलले फुलेको तोरीलाई बैँस आको छोरीलाई जोगाउनै गाह्रो बोलको गीत सार्वजनिक गरेका छन्।
समाजमा देखिएको विकृति र विसंगतिलाई समेटेर तयार पारिएको गीतमा छोरीलाई हेर्ने नेपाली दृष्टिकोणलाई कडा प्रहार गरिएको छ।‘पितृसत्तात्मक समाजमा छोरी मान्छेलाई हेर्ने दृष्टिकोणमा अझै पनि भिन्नता छ। असमानता कायम नै रहेको अवस्थामा नयाँ गीत बजारमा ल्याएको हुँु –पौडेलले भने। नेपाली लोकदोहोरीको क्षेत्रमा यथार्थपरक, समयसापेक्ष गीत प्रस्तुत गर्दै आएका पौडेलले हालसम्म करिब १ सय ५० भन्दा बढी गीतमा स्वर दिइसकेका छन्। गीत गाएरै देशविदेशमा चर्चा कमाएका उनले पछिल्लो गीतले पनि चर्चा कमाइसकेको दाबी गरे।

प्रस्तोता समाज नेपालका कार्यकारी सदस्य, अन्तर्राष्ट्रिय कलाकार मञ्च नेपाल च्याप्टरका उपाध्यक्ष र राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान् नेपालका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका पौडेलको पछिल्लो गीतमा पौडेलकै लय, शब्द र संकलन रहेको छ। सो गीतमा पूर्णकला बीसी र भूमिका शाहले स्वरमा साथ दिएका छन्। यसमा चर्चित हास्य कलाकार शिवहरि पौडेलले अभिनय गरेका छन्। आमाको भूमिकामा रेखा थापा र छोरीको भूमिकामा टीका जैशीले साथ दिएका छन्। रक्षा म्युजिक कम्पनीले
यो गीतलाई बजारमा
ल्याएको हो।

प्रतिक्रिया दिनुहोस्