नायिका जल शाहकी आमा साहित्यकार प्रेमा शाहको निधन



काठमाडौँ । नायिका जल शाहकी आमा साहित्यकार प्रेमा शाहको अमेरिकामा निधन भएको छ। शाहको उपचारको क्रममा ‘साल्ट लेक सिटीस्थित इन्टर माउन्टेन हस्पिटल’ मा निधन भएको हो । उपचारका क्रममा विहान ५ बजेर ५५ मिनेटमा निधन भएको जल शाहका पति शरदकुमार रिजालले समाचारपत्रलाई जानकारी दिए । दाहसंस्कार भोली अमेरीकामै गरिने बताइएको छ । शाह केही समयदेखी छोरी ज्वाईंका साथ अमेरीकामा बस्दै आएकी थिईन ।

नेपाली साहित्य क्षेत्रमा प्रख्यात शाहका प्रेमाका कथा संग्रहहरु पहेलो गुलाब, विषयान्तर र उपन्यास ‘मम्मी’ प्रकाशित छन् । उनको लेखनमा यौन विद्रोह र मनोविज्ञान तथा नारी सञ्चेतना र विसंगत पक्षहरु प्रमुख रुपमा आएको हुन्छ।

शाहले २०४५ सालको ‘मैनाली कथा पुरस्कार’ समेत प्राप्त गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्