बरुण र श्रीदेवीलाई जी सिने अवार्ड



बलिउड फिल्म नगरीका प्रतिष्ठित अवार्डमध्येको एक जी सिने अवार्डमा आमिर खानद्वारा निर्मित सेक्रेट सुपरस्टारले सर्वाधिक विधाको अवार्ड चुमेको छ।

मंगलबार मुम्बईमा सम्पन्न अवार्ड समारोहमा गोलमाल अगेन वर्षकै उत्कृष्ट फिल्म सावित हुन पुग्यो भने बद्रीनाथ कि दुल्हनियाँबाट बरुण धवन उत्कृष्ट अभिनेता र श्रीदेवीले मोमबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड चुमिन्। नायिका प्रियंका चोपडालाई ग्लोबल आइकन एक्स्ट्राअर्डिनरी अवार्ड, राजकुमार रावलाई एक्स्ट्रा अर्डिनरी इम्प्याक्टर अवार्ड र तपसी पन्नुलाई एक्स्ट्रा अर्डिनरी इम्प्याक्ट अवार्डबाट सम्मान गरिएको कार्यक्रममा साहरुख खानलाई बलिउडमा २५ वर्ष सफलतापूर्वक बिताए बापत् अवार्ड प्रदान गरियो। २५ औं संस्करणको जी सिने अवार्डमा ट्वाइलेट एक प्रेम कथालाई एक्स्ट्रा अर्डिनरी इम्प्याक्ट अवार्ड, अमिताभ बच्चनलाई एक्स्ट्रा अर्डिनरी लिजेन्ड अवार्ड, सेक्रेट सुपरस्टारबाट राज राजुनलाई खलपात्र, मेहेर भीजलाई सहअभिनेत्री र अद्भाइत चन्दनलाई नवनिर्देशक मुबारकनबाट अनिल कपुरलाई सहअभिनेता, ट्युबलाइटबाट मातिन रोय तंन्गुलाई नवनायक, मुन्ना माइकलबाट निधि अग्रवाललाई नवनायिकाको अवार्ड प्राप्त भएको छ।

त्यसै गरी ट्वाइलेट एक प्रेमकथाले पब्लिक च्वाईसतर्पm उत्कृष्ट फिल्मको अवार्ड पाएको छ भने यसै विधातर्पm ट्वाइलेट एक प्रेम कथाबाट अक्षयकुमारले अभिनेता र बद्रिनाथकी दुल्हनियाँबाट आलिया भट्टले अभिनेत्रीको अवार्ड चुमेकी छिन्। त्यस्तै बाहुवलीले एक्सट्रा सिक्वेल अवार्ड चुमेको समारोहमा गोलमाल अगेन उत्कृष्ट फिल्म र बरेलीकि बर्फीबाट अश्विनी तिवारी उत्कृष्ट निर्देशक घोषित भए।

प्रतिक्रिया दिनुहोस्