एसईई चैत ८ बाट



भक्तपुर, (नेस)
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षा चैत ८ गतेदेखि गर्ने निर्णय गरेको छ। बोर्डको बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो। बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले गत वर्षकै प्रणालीका आधारमा परीक्षा सञ्चालन हुने जानकारी दिनुभयो। परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले एक्जाम्टेडको पुरानो र रेगुलरको नयाँ पाठइ्क्रमका आधारमा परीक्षा हुने जानकारी दिनुभयो। पनिकाले यो वर्ष शनिबार पनि परीक्षा सञ्चालन गर्ने जनाएको छ।

परीक्षा तालिका अनुसार चैत ८ गते विहीबार अनिवार्य अंग्रेजीको परीक्षा हुने छ। यसै गरी सोही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य तथा अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ। चैत ९ गते शुक्रबार अनिवार्य नेपाली र गैर नेपाली विद्यार्थीका लागि अंग्रेजीको परीक्षा हुनेछ। चैत १२ गते अनिवार्य गणित, १३ गते अनिवार्य विज्ञान र वेदविद्याश्रम अनिवार्य संस्कृत ब्याकरण र अनुवाद,१४ गते अनिवार्यतर्फ सामाजिक अध्ययन र , प्राविधिकतर्फ फार्म म्यानेजमेन्ट, मार्केटिङ, इन्जिनियरिङ, ड्रइङ्, कम्प्युटर परपियरिङ र मेन्टिनेन्स तथा बेसिक म्युजिक, १५ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, वेदविद्याश्रमतर्फ वेद वा नीतिशास्त्र, प्राविधिकतर्फ ऐच्छिक प्रथमका सबै विषयहरूको परीक्षा हुनेछ भने प्राविधिकतर्फ एग्रिकल्चर, इलेक्ट्रिकल म्यानेजमेन्ट, कम्प्युटर नेटवर्किङ, इन्जिनियरिङ सर्भेइङको परीक्षा हुनेछ।

१६ गते ऐच्छिक प्रथमका सबै विषय, संस्कृततर्फ अनिवार्य संस्कृत शिक्षा, वेदविद्याश्रमतर्फ ऐच्छिक विषयहरू र प्राविधिकतर्फ ऐच्छिक गणित,१७ गते साधारण तथा संस्कृततर्फ ऐच्छिक द्धितीयका विषयहरू, वेदविद्याश्रमतर्फ कर्मकाण्ड वा फलित ज्योतिष, प्राविधिकतर्फ भेजिटेवल एन्ड मेडिसिनल प्लान्ट प्रोडक्सन, डेरी, इलेक्ट्रिकल इनर्जी, डाटावेस म्यानेजमेन्ट सिस्टम, म्युजिक टेक्नोलोजीको परीक्षा हुनेछ।

चैत १८ गते प्राविधिक विषयतर्फ क्रप प्रोडक्सन, स्मल रुमेन्ट प्रोडक्सन एन्ड म्यानेजमेन्ट, इलोक्ट्रिोनिक्स डिभाइस एन्ड सर्किट, वाटर रिसोर्सेस र इन्जिनियरिङको परीक्षा हुनेछ। चैत १९ गते प्राविधिक विषयतर्फ नै एनिमल हेल्थ, इलेक्ट्रिकल मेसिन, माइक्रो प्रोसेस, हाइवे इन्जिनियरिङ, म्युजिक विजनस एन्ड प्रोग्राम म्यानेजमेन्ट र २० गते प्राविधिकतर्फ नै फ्लोरिकल्चर एन्ड नर्सरी म्यानेजमेन्ट, भेटेरनरी ल्याब्रोटरी टेक्निक, इण्ड्रस्ट्रियल इन्स्टलेसन एन्ड मेन्टिनेन्स, अब्जेक्ट खोरेन्टेड प्रोग्रामिङ्, इस्टिमेटिङ् कस्टिङ् एन्ड सुपरभिजन र ऐच्छिक विषयमा गायन, संगीत, वाद्यबादन र नृत्यको परीक्षा हुने कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्