बलिउड अभिनेता निरजको निधन



बलिउड फिल्म रंगिला, सत्या, बादशाह, पुकार, बोल बच्चन, वेलकम ब्याकजस्ता फिल्मका अभिनेता निरज वोराको बुधबार निधन भएको छ।

भारतको मुम्बईस्थित कृति केयर अस्पतालमा बुधबार बिहान ४ बजे उनले अन्तिम श्वास लिएका थिए। ४५ वर्षीय उनी १३ महिनादेखि कोमामा थिए। बलिउड अभिनेता परेश रावलले ट्विटरमार्फत उनको मृत्युको खबर दिएको भारतीय सञ्चारमाध्मले जनाएका छन्।

सन् २०१६ को अक्टुबरमा ब्रेन स्ट्रोक भएदेखि उनी अस्पतालमा बसेका थिए भने त्यस समयदेखि नै उनको स्वस्थ्य अवस्था अस्थिर थियो। उनी विशेष गरी हास्य अभिनयका लागि चिनिन्थे।

प्रतिक्रिया दिनुहोस्