कृपा मिसेस क्यापिटल



कृपा चुके मिसेस क्यापिटल क्विन नेपाल २०१७ भएकी छिन्। मंगलबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न तेस्रो संस्करणको विवाहित महिलाहरूको प्रतियोगितामा १५ प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधिसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरिन्।

प्रतियोगितामा सुमित्रा लामा फस्ट र विष्णु खड्का सेकेन्ड रनर्सअप भए। अमाजोन इन्टरटेन्मेन्टद्वारा आयोजित प्रतियोगितामा विकला घिमिरे पब्लिक च्वाइस अवार्ड, करुणा श्रेष्ठ मिसेस ट्यालेन्ट, विष्णु खड्का मिसेस स्मार्ट, बिनु माझी बेस्ट स्किन, विकला घिमिरे मिसेस पर्सानालिटी, गंगा अधिकार मिसेस इन्टिलिजेन्ट, सुमित्रा लामा मिसेस चार्मिङ, छानु गुरुङ बेस्ट क्याटवाक, लक्ष्मी पुरी प्रधान मिसेस कन्फिडेन्स, हीराकुमारी भाट मिसेस डिसिप्लिन, संगिता लामा डंगोल बेस्ट फोटोजेनिक, उर्मिला घिमिरे मिसेस एक्टिभ, शर्मिला भट्टराई बेस्ट हेयर, रेखा भट्टराई मिसेस अट्रइक्टिभ र कृपा चुके बेस्ट ड्रेसको विजेता भए।

सञ्चारकर्मी तथा कोरियोग्राफर कला सुब्बा प्रमुख निर्णायक तथा गायक निर्णय श्रेष्ठ, मिसेस ग्लोबल विजेता दोर्जे डोल्मा गुरुङ, अभिनेता गजित विष्ट र मिसेस नेपाल आइडल विजेता रक्की श्रेष्ठ निर्णायक रहेको प्रतियोगिता हिमानी सुब्बाको कोरियोग्राफीमा सम्पन्न भएको थियो। रोजिन शाक्यद्वारा सञ्चालित प्रतियोगिता काष्ठमण्डप टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्