विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

0
Shares

भारतीय क्रिकेटर विराट कोहली र नायिका अनुष्का शर्मा सोमबार विवाह बन्धनमा बाँधिएका छन्। इटालीको टस्कनीमा भएको उनीहरूको विवाह यस वर्षको सबैभन्दा ठूलो इभेन्ट बन्न पुगेको भारतीय सञ्चारमाध्यमले चर्चा गरेका छन्।उनीहरूले सोमबार आफूहरू विवाह बन्धनमा बाँधिएको सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी गराएका छन्। ‘आज हामीले वाचा गरेका छौं कि जिन्दगीभर प्रेमको बन्धनमा रहनेछौं’ –उनीहरूले ट्वीटरमा लेखेका छन्।

भारतीय सञ्चारमाध्यममा उल्लेख गरिएअनुसार उनीहरूले आफ्नो पहिलो वेडिङ रिसेप्सन २१ डिसेम्बरमा दिने भएका छन्। जुन विराट र अनुष्काको नातेदारका लागि हुनेछ भने दोस्रो वेडिङ रिसेप्सन २६ डिसेम्बरमा हुनेछ। यो रिसेप्सन भने बलिउड तथा क्रिकेट वल्र्डका हस्तीहरूका लागि हुनेछ। मुम्बईमा हुने उक्त रिसेप्सनमा क्रिकेट क्षेत्रका सचिन तेण्डुलकर, युवराज सिंह, रोहित शर्मा, महेन्द्र सिंह धोनी आदि सहभागी हुनेछन्, भने बलिउडका आदित्य चोपडा, अमिताभ बच्चन, शाहरुख खान, अमिर खान, सलमान खान रानी मुखर्जीलगायतका हस्ती सहभागी हुनेछन्। उनीहरू चार वर्षदेखि प्रेममा रहे पनि आफ्नो प्रेमसम्बन्धका बारेमा दुवैले मुख खोलेका थिएनन्।

Skip This