प्रियंका एसियाकै कामुक

0
Shares

बलिउडकी हट नायिका प्रियंका चोपडा अब भारतमा मात्र होइन, पूरा यसियाकै सर्वाधिक कामुक महिला बनेकी छिन्। एक बलिउड अनलाइनमा उल्लेख गरिएअनुसार लन्डनको साप्ताहिक समाचारपत्र इस्टर्न आईद्वारा गरिएको ५० सेक्सिएस्ट एसिएन ओमन नामक सर्वेक्षणमा प्रियंकाले यो उपाधि जितेकी हुन्। उनले यो उपाधि पाँचौंपटक जितेकी हुन्।

यसप्रति प्रतिक्रिया जनाउँदै प्रियंकाले भनेकी छिन्– ‘म यसको क्रेडिट लिन सक्दिनँ। यसको क्रेडिट म आफ्नो वंश र तपाईंहरुको हेर्ने दृष्टिकोणलाई दिन चाहन्छु। म निकै खुसी छु।’ इस्टर्न आईका सम्पादक तथा ५० सेक्सिएस्ट एसियन ओमनका फाउन्डर अस्जाद नाजिरका अनुसार प्रियंका ब्युटी ब्रेन, ब्रेभरी तथा सफा दिलको संयोजन हुन्।

यस लिस्टको दोस्रो नम्बरमा टेलिभिजन एक्ट्रेस निया शर्मा रहेकी छिन् भने तेस्रो नम्बरमा नायिका दीपिका पादुकोण रहेकी छिन्। उनी अघिल्लो वर्ष पहिलो नम्बरमा रहेकी थिइन्। त्यसै गरी चौथो नम्बरमा नायिका आलिया भट्ट तथा पाँचँैं नम्बरमा महिरा खान रहेकी छिन्। यसको अलावा उत्कृष्ट १० मा दृष्टि धामी, कट्रिना कैफ, श्रद्धा कपुर, गौहर खान, तथा रुविना दिकेल रहेका छन्।