पुषलाई कोसेली



प्रेम, द्वन्द्व र विछोडको कथा बुनिएको फिल्म कोसेली आगामी पुस ७ गते रिलिज हुने भएको छ। फिल्मको फस्टलुक पनि सार्वजनिक गरिएको छ।
भोलेबाबा फिल्म्स्को ब्यानरमा निर्माण भएको फिल्ममा उमादेवी खत्री प्रस्तुतकर्ता छिन्। मनोज खत्रीको लेखन तथा निर्देशन रहेको फिल्ममा मनोज खत्री, दिनेश शर्मा, जेएन घिमिरे, रचना लामा, सुरज ढकाल, मञ्जिला बुढाथोकी, तेजा ऐर, उमा भट्टराई, तारा लामा र सन्तोष कार्कीले अभिनय गरेका छन्।

निर्देशक मनोजले अहिलेको पुस्ताले मन पराउने खालको समसामयिक कथालाई फिल्ममा देखाइएको बताए। ‘फिल्मले अहिलेको पुस्ताको प्रेमकथालाई समेटेको छ, आम दर्शकका लागि फिल्म रुचिकर हुनेछ’ –उनको दाबी छ।

फिल्ममा अभिषेक पौडेलको सम्पादन, सत्यम राना र सुदीप आचार्यको भीएफएक्स, कृष्ण कोइरालाको प्रोडक्सन, विकास चौधरीको संगीत, देव महर्जनको द्वन्द्व, दिनेश लिम्बुको कोरियोग्राफी र रवि कोइरालाको छायांकन रहेको छ।

प्रतिक्रिया दिनुहोस्