बुद्धी र रजनीको मट्टीमाला



लोकप्रिय हास्य कलाकार बुद्धि तामाङ र रजनी गुरुङको मुख्य भुमिका रहेको फिल्म मट्टिमालाको छायांकन सकिएको छ। ३ महिना लगाएर काठमाडौं, काभ्रे, सिन्धुलीगढी, कुलेखानीलगायतका ठाउँमा छायांकन गरिएको फिल्म सिन्धुलीगढीमा एक गीतको छायांकन गर्दै सम्पुर्ण काम सकेको निर्देशक टेके पौरखी राईले जानकारी दिएका छन्। फिल्मको ७० प्रतिशत छायांकन राजधानी र बाँकी राजधानी बाहिर भएको निर्देशक राईले बताए।

मट्टिमालाको कथाले गाउँ र शहरको जीवनयापनमा आउने फरक र युद्धको कथा पस्केको छ। ‘एउटा गाउँमा जीवनयापन गर्ने युवा र शहरमा जीवनयापन गर्ने युवाहरुको कथामा यो फिल्म निर्माण गरिएको हो

फिल्मको बिषयमा बोल्दै निर्देशक राई भन्छन्, ‘फिल्ममा द्धन्द्ध, मनोरञ्जन, मायाप्रेम सबै पाउनु हुनेछ। उनका अनुसार फिल्मका मुख्य कलाकार बुद्धि तामाङ गाउँले युवाको भ”मिकामा देखिनेछन्। फिल्ममा बुद्धि र रजनीको साथमा चिरन राई, शिशिर राना, अर्जुन गुरुङ, अरुणा कार्की, बिनोद राई, दिपक आचार्यलगायतको अभिनय रहेको छ।

फिल्मको कथा निर्देशक राई स्वयमले लेखेका हुन् भने फिल्ममा पृथ्वी राईको लगानी छ। सुमन राईको संगीत रहेको फिल्ममा रोश भट्टाई, जानु काम्बाङ लिङदेन र साङ्लोन तामाङको गीत रचना रहेको छ। फिल्मका गीतमा संगीता थापा, सुन्दर लामा, अमृता लिम्बु, बबिना किरातीको स्वर रहेको छ।

राहुल राईले खिचेको फिल्मलाई अनिल कुमार महर्जनले सम्पादन गर्नेछन्। फिल्म यसै बर्षको अन्तिममा प्रदर्शन गर्ने तयारीमा रहेको निर्माण संस्थाले जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस्