गोरे दिलीप



लामो समयदेखि अमेरिकामा रहँदै आएका नायक दिलीप रायमाझीलाई फेरि फिल्मको पर्दामा देखिने भएको छ। लामो समयको अन्तरालपछि उनीद्वारा अभिनित फिल्म गोरे रिलिज हुने भएको छ।
गोरेमा दिलीपले शीर्ष भूमिका निर्वाह गरेका छन्। उनले यो फिल्ममा गाउँले परिवेशदेखि शहरीया परिवेशसम्मको चरित्रमा अभिनय गरेका छन्। फिल्मको कथा दिलीपकै लागि लेखिएको र यस्तो चरित्र उनीबाहेक अरूले गर्न नसक्ने निर्देशक रामेशकुमार राईले दाबी गरे।

आगामी २९ गतेदेखि रिलिज हुने फिल्ममा दिलीपका साथमा अनु शाह, राकेश कुमार राई, गुनु घर्तीलगायतका कलाकारले अभिनय गरेका छन्। सूर्य जीसीको प्रस्तुति तथा रुपा जीसीको निर्माण रहेको फिल्म हरिनारायण चौधरीले छायांकन गरेका छन् भने शंकर अधिकारी घायलले लेखेका हुन्। फिल्ममा विकास चौधरीले संगीत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्