किन हस्याङफस्याङ ?



प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई बिथोल्ने गरी मुलुकका विभिन्न क्षेत्रमा बम विस्फोटन र निर्वाचन विरोधी गतिविधि भइरहेको धेरै लामो समयपछि प्रहरीले बल्ल त्यस्ता गतिविधिमा को–को संलग्न छन् भन्ने निष्कर्ष निकालेको छ। शृंखलाबद्ध बम विस्फोटनका घटनाहरूमा विप्लव समूह नै संलग्न रहेको प्रहरीको ठहर छ।

त्यो पनि निर्वाचन हुनु अघिल्लो दिन। निर्वाचनको पूर्वसन्ध्यामा बुधबार अपराह्न प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता डीआईजी मनोज नेउपानेले यस्तो कुराको खुलासा गरे। निर्वाचन विरोधी गतिविधिमा संलग्न विप्लवका करिब ६ सय कार्यकर्तासमेत पक्राउ परेको प्रहरीको दाबी छ। अनि प्रहरी भन्छ– ‘प्रारम्भिक अनुसन्धानले यस्तो देखाएको हो।’

धरहरासहित आम मान्छेलाई लाग्या जिज्ञाशा के भने बरु विस्तृत अनुसन्धान गरेर विस्तृत कुरा बताउँदा के बिग्रिन्थ्यो होला। कि, एकै दिन हिजो बुधबार ६ सय जनालाई पक्राउ गरेर विस्तृत अनुसन्धान गर्न नभ्याई पत्रकार सम्मेलन गर्या? हैन भने निर्वाचनको अघिल्लो दिन किन हस्याङफस्याङ गर्दै अधुरा कुरा सार्वजनिक गर्नुपर्यो? बरु निर्वाचनपछि थप अनुसन्धान गरेर सत्यतथ्य कुरा थाहा बताउँदा निर्वाचन त धकेलिँदैनथ्यो होला नि?

प्रतिक्रिया दिनुहोस्