जताततै बन्दको बेला मिनि बस चढेर कता हिडे रामजी र भुमिका



धनवीर दाहाल, रुकुम ।
बन्दको समयमा सुटुक्क जान सकेसम्म पाइँदैन । कतिपय ठाँउमा त बन्दको बेला सवारी साधन चलायो भने तोडफोड गरेको पनि पाइन्छ । तर नेपाली लोकसंगित क्षेत्रका चम्कीला ताराको रुपमा चिनिएका लोक गायक गायिका त्यस्तो बन्दको बेला पनि मिनिबस चडेर निस्कीएका छन् । तर उनीहरु साँच्चीकै ननिस्कीएर नेपाली लोक संस्कृतिको जगेर्नाथ नयाँ गित बजारमा ल्याएका हुन् । “सरर आउँ माया” नामको गितले यतिबेला बजार तातिएको छ ।

नेपाली लोक दोहोरी क्षेत्रका लागि एउटा चम्किला ताराको रुपमा चिनिने बहुचर्चित गायक रामजी खाड र पछिल्लो पुस्ताकी चर्चित गायिका भूमिका गिरीको सुमधुर आवाजमा भूमिका गिरीको लोकदोहोरी गीत “सरर आउँ माया”बजारमा आएको छ । सिपि मगरको उत्कृष्ट शब्द र चर्चित गायक रामजी खाडको उत्कृष्ट लय सृजनामा बजारमा आएको गीतमा अभिनय चर्चित मोडल दुर्गेश थापा रश्मि तामाङ र बिपेश घिमिरेको रहेको छ । क्रान्ती केसीको निर्देशन र सम्पादनमा तयार भिडियोको छायांकन भने अजय रेग्मीले गरेका हुन् ।

भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्