अनलाइन प्लेटर्फममा सबैभन्दा बढि खोजि गरिएकी सन्नी लियोनी



एजेन्सी, नयाँ रेकर्ड राख्दै सन्नी लियोनी, सबैभन्दा बढि खोजि गरिएकीमा यस वर्ष अनलाइन प्लेटर्फममा सबैभन्दा बढि खोजि गरिएकी भारतीय अभिनेत्री बनेकी छिन सन्नी । चर्चित अभिनेत्रीहरू दीपिका पादुकोण, प्रियंका चोपडा, ऐश्वर्या राय बच्चन, क्याट्रिना कैफलगायतलाई पछि पार्दै खोजीको शीर्ष स्थानमा रहेकी छिन् । यो वर्ष उनको कुनै चर्चित फिल्म रिलिज नभए पनि उनी अरू अभिनेत्रीभन्दा बढी खोजिनेमा परिन् ।

अत्यधिक खोजी गरिएका अभिनेत्रीहरुको सुचीमा कैटरिना कैफ, ईशा गुप्ता, दिशा पटानी र ममता कुलकर्णी जस्ता नामहरु पनि छन् ।

यसैगरी, अभिनेता विनोद खन्नालाई मृत्युपछि बढी खोजिएको छ । पुरुष सेलेब्रिटीमा उनी याहुमा खोजिनेमा पहिलो नम्बरमा छन् । उनीपछि कपिल शर्मा दोस्रो नम्बरमा छन् । सलमान खान र रजनीकान्त कपिलभन्दा पछाडि धकेलिए ।

प्रतिक्रिया दिनुहोस्