विद्यार्थीलाई लैबरी सिंगिङ स्टार



गायन रियालिटी शो लैबरी सिंगिङ स्टार आयोजना गरिने भएको छ। सनसाइन प्रोडक्सन हाउसले आयोजनामा लैबरी सिंगिङ स्टारअन्तर्गत चार राउन्ड अडिसन सम्पन्न भइसकेको छ। स्कुलमा अध्ययन गरिरहेका गायन प्रतिभाका विद्यार्थीलाई लक्षित गर्दै आयोजना गरिएको यस गायन प्रतियोगितालाई स्तरीय बनाउन कुनै कसुर बाँकी नराखेको आयोजक संस्थाकी अध्यक्ष प्रमिला तामाङ बताउँछिन्।

पुष पहिलो साताबाट टेलिभिजनमा प्रशारण हुने तयारीमा रहेको प्रतियोगितामा विभिन्न जिल्लाका बालबालिका सहभागी छन्। गायिका समेत रहेकी तामाङले भनिन्– ‘बालबालिकामा लुकेर बसेका प्रतिभालाई बाहिर ल्याउन लैबरी सिंगिङ स्टार आयोजना गरेका हौं। बालबालिकाका लागि नेपालमा खासै स्तरीय गायन रियालिटी शो आयोजना हुने नभएका कारण हामीले यो प्रयास थालेका हौं।’

उनले लैबरी सिंगिङ स्टारका लागि विदेशका च्यानलका सेटजस्तै नेपालमा पनि आकर्षक र स्तरीय सेट बनाएको बताइन्। ८ जिल्लाबाट आएका विद्यार्थीले अहिले काठमाडौंमा बसेर भोकल क्लाससँगै लैबरी सिंगिङ स्टारको स्टेजमा आफ्नो प्रतिभा प्रस्तुत गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्