मिस वल्र्डसँग फिल्म खेल्ने सलमानको चाहना, आमिरसँग डेब्यु मानुषीको चाहना



हालैमात्र मिस वर्ड २००१७ को उपाधी जितेपश्चात भारत सुन्दरी मानुषी छील्लरको चर्चा संसारभर चुलिएको छ। भारतीय संचारमाध्मले जनाएअनुसार यति बेला बलीउड निर्माता तथा निर्देशकहरु मानुषीको पछी लागीरहेका छन्।
उनीहरु मानुषीलाई आफ्नो फिल्म खेल्न अफर गरीरहेका छन्। यसै क्रममा नायक सलमान खानले उनीबारे एक अभिव्यक्ति दिएका छन्। उनले मीस वल्र्डको ताज जितेपछी आफ्ु मानुषीबाट प्रभावित भएको र उनीसंग काम गर्न मन भएको बताएका छन्।

भारतिय सञ्चारमाध्यमका अनुसार सलमान चाहन्छन् की मानुषी छीटोभन्दा छिटो बलिउडमा आउन र उनको प्रोडक्शन हाउस एसके फिल्मस या उनको कुनै फिल्मबाट बलिउड डेब्यु गरुन्। सलमानले यसभन्दा अघि पनि केही सुन्दरीलाई बलिउडमा डेब्यु गराएर उनीहरुलाई चम्काएका छन्। सोनाक्षी सिन्हा, शिल्पा शेट्टी तथा जरीन खानलाई उनले नै बलीउडमा डेब्यु गराएका थिए। यस कारण पनि सलमानको अफर मानुषीको लागि विशेष रहनेछ। सलमान मान्छन् की ‘मानुषीसंग धेरै प्रतिभो छ।

मिस वल्र्डको ताज पहीरीए पछी नै उनी बलिउडमा प्रवेश गरीहाल्छिन् भन्ने सोचाई धेरैको थियो। तर उनले यो अनुमानलाई गलत सावित गरेकी छीन्। उनले भनेकी छिन् ‘म पहिला आफ्नो पढाई पुरा गर्न चाहन्छु। त्यसैले अहिले नै बलिउड इन्ट्री गर्ने मेरो कुनै विचार छैन।

यद्यपी सलमानले उनीसँग फिल्म खेल्ने चाहना व्यक्त गरिरहेका बेला उनले भनेकी छीन् की उनी अमीर खानको साथ बलीउड ईन्ट्रि गर्न चाहन्छिन्।

प्रतिक्रिया दिनुहोस्