नाटकमा भानुभक्त



दामोदर न्यौपाने

नेपाली भाषा र साहित्यको विकासमा अतुलनीय योगदान दिने आदिकवि भानुभक्त आचार्यलाई हरकोही नेपालीभाषीले सम्मानपँर्वक सम्झने गर्दछन्। तीनै भानुभक्तको जीवनदेखि मृत्युसम्मको नालीबेली समेटिएको नाटक रात चिन्र्या भानु राजधानीको बत्तिसपुतलीस्थित गोठालो नाटकघर शिल्पी थिएटरमा मञ्चन भइरहेको छ।

आरम्भ कलाकार समँहले लोकदृष्टि थिएटरको सहकार्यमा भानुभक्तको जीवनीका बारेमा चासो राख्ने दर्शकका लागि यो अवसर जुराइदिएको हो। भानुभक्तको समयलाई चित्रण गरिएको नाटकमा त्यही समयको भेषभँषा र बोलीचालीको भाषा प्रयोग गरिनु नै यो नाटकको विशेषता हो। मञ्चमा एकातिर भानुभक्त र अर्काेतिर भानुभक्तलाई प्रेरणा दिने घाँसीको शालिक उभ्याइएको छ र यहीँबाट नाटकको शुरुवात हुन्छ। मञ्चमा केही मानिसको समँह हातमा फँलको माला लिएर उभिएको दृश्य देखिन्छ। ती सबैले भानुभक्तलाई श्रद्धापँर्वक माला लगाइदिन्छन््। तर सँगै रहेको घाँसीलाई भने कसैले वास्ता गर्दैनन्। यहीँबाट नाटक घाँसीको परिचय खोज्न र भानुभक्तको जीवन चित्रण गर्नतर्फ लम्किन्छ।

हजुरबुबाको संसर्गमा रहेर संस्कृत पढ्न शुरु गरेका भानुभक्त थप अध्ययनका लागि हजुरबुबासँगै काशी गएको प्रसंग नाटकमा देखाइएको छ। काशीमा अध्ययन गरेर फर्केका भानुभक्तको घाँसीसँग भेट हुनु र उसले कुवा खनाएको प्रसंगले भानुभक्तलाई नेपाली भाषाको विकासका प्रेरणा मिलेको नाटकमा देखाइएको छ। घाँसीले कुवा खन्याएर बटुवाका लागि निकै पुण्यको काम गरेको तर आफँले भने यति धेरै पढेर पनि केही गर्न नसकेको पछुतोले नै भानुभक्तलाई नेपाली भाषा र साहित्यमा आदिकविको स्थान मिलेको नाटकमा देख्न सकिन्छ। भानुभक्तकी धर्मपत्नी र ठट्यौली स्वभाव भएका भानुभक्तको बाल्यकालदेखिको साथी चिबे पात्रको अभिनयले दर्शकको मन तानिरहेको हुन्छ। सबैले ज्ञानगुन र नीतिका कुरा पढ्न पाउनुपर्छ भन्ने कुरालाई बोकेर हिँडेका भानुभक्तलाई उदार र सरल पात्रका रुपमा चिनाउनु नाटकको अर्काे पक्ष हो।

विभिन्न शास्त्र र श्लोकहरुलाई नेपाली भाषामा अनुवाद गर्ने भानुभक्तको जीवनको अन्तिम समयलाई नाटकमा देखाईरहँदा भनै सबै दर्शकका आँखा रसाउन पुग्छ। भानुभक्तको जीवनी र घाँसीको परिचय खोज्न निस्केको नाटकमा यीनै आरोह र अवरोहलाई निकै कलात्मक ढंगले प्रस्तुत गरिएको छ। धेरै प्रस्तुति र थोरै कोरसको लयात्मक भाका तथा पात्रहरुको जीवन्त अभिनयले आदिकवि भानुभक्त र घाँसीप्र्रति केही हदसम्मको न्याय गरेको दर्शकले महशुस गर्नेछन्। प्रभाकर न्यौपानेले लेखन तथा निर्देशन गरेको नाटकमा प्रकेश सिन्धुलीय, साक्षी लम्साल, प्रल्हाद खरेल, चाँदनी शाही, मानस राज, पुष्प अवस्थी, राधा श्रेष्ठ, कमल बोहरालगायतले अभिनय गरिरहेका छन्। नाटक आगामी मंसिर १८ गतेसम्म मञ्चन हुनेछ।

प्रतिक्रिया दिनुहोस्