महिलासँग किन डराउँछन् शाहरुख ?

0
Shares

बलिउडका किङ खान शाहरुख खानले महिला पुरुषभन्दा धेरै उच्चतम भएको र उनीहरुमाथि समान व्यवहार गर्नुपर्ने बताएका छन्। महिला हिंसा समाप्त हुनुपर्छ भन्दै सांगीतिक सामाजिक अभियानको समर्थन गर्ने क्रममा शाहरुखले महिलाको पक्षमा वकालत गरेका हुन्।

‘मलाई के लाग्छ भने महिला धेरै स्तरमा पुरुषभन्दा श्रेष्ठ छन् र यही कारणले गर्दा म उनीहरुसँग थोरै लजाउँछु र डराउँछु पनि। किनकि उनीहरु मेरा आमा, पत्नी, बहिनी या साथी हुन सक्छन्’ –शाहरुखले भनेका छन्। यसका साथै महिलाले नै ब्रह्माण्डमा शान्त ऊर्जा ल्याउने उनले बताए। यसर्थ कुनै महिलामाथि हुने हिंसाले कुनै पनि प्रकारको भयानक घटना हुन सक्ने शाहरुखको तर्क छ।

अभिनेताले भारतीय कवि तथा गीतकार जावेद अख्तरले महिलाको सम्मानमा लेखेको कविता पढ्दै महिलाले एउटा पुरुषको जिन्दगीमा नै परिवर्तन ल्याउने हुनाले उनीहरुलाई बधाई दिनुपर्नेबारे चर्चा गरेका छन्। पपोन, हर्षदीप कौर, अरमान मलिक, सलिम सुलेमानलगायत युवा संगीतकारहरुले आयोजना गरेको सांगीतिक कार्यक्रममा स्टेज साटासाट गर्दै उनले महिलाविरुद्ध हुने हिंसाको डटेर सामना गर्न आग्रह गरका थिए।

Skip This