मेघन आगामी वर्ष बेलायती दरबार भित्रिँदै



बेलायती राजकुमार ह्यारीले आफ्नी अमेरिकी अभिनेतृ प्रेमिका मेघन मार्कलसँग आगामी वर्ष विवाह गर्ने एक शाही घोषणाले पुष्टि गरेको छ। क्लेयरेन्स हाउसको आधिकारिक घोषणाअनुसार राजकुमार ह्यारीले आगामी वसन्तमा मेघनसँग विवाह गर्नेछन् भने केन्सिङ्टन प्यालेसस्थित नटिन्घम कटेजमा रहनेछन्।

गत जुलाई २०१६ देखि डेटिङ गरिरहेका जोडीले आगामी नोभेम्बरमा विवाह गर्न लागेका हुन्। समाचारमा जनाइएअनुसार राजकुमार ह्यारीले मेघनका लागि आफैंले औंठीको पनि डिजाइन गरिसकेका छन्। उक्त औंठीमा प्रयोग गरिएको तीन हीरामध्ये मुख्य पत्थर दक्षिण अफ्रिकी देश बोट्सवानाबाट ल्याइएको र अरू दुई वटा हीरा राजकुमार ह्यारीका आमा अर्थात् राजकुमारी डायनाको संग्रहालयको प्रयोग गरिएको हो। सन् १९९७ अगस्ट ३१ मा फ्रान्सको पेरिसमा कार दुर्घटनामा परी डायनाको मृत्यु भएको थियो। उक्त औंठी क्लेभ एन्ड कम्पनीले बनाएको हो। ‘पहेंलो रंगको औंठी मेघनलाई मन पर्ने औंठी हो’ –राजकुमार ह्यारीले भनेका छन्।

यसअघि ट्रेभर एन्गल्सनसँग विवाह गरिसकेकी ३६ वर्षीया मेघनले ३३ वर्षीय बेलायती राजकुमारसँग पुनः विवाह गर्न लागेकी हुन्। यो विवाहले मेघनलाई बेलायती शाही परिवारमा भित्रिने पहिलो अमेरिकी, पहिलो अभिनेतृ र पहिलो दुई जातिबाट जन्मेकी महिला बनाउनेछ।

प्रतिक्रिया दिनुहोस्