हलिउड गायक कार्टरविरुद्ध यौन दुव्र्यवहारको आरोप



यतिबेला हलिउडमा यौन दुव्र्यवहार र बलात्कारका धेरै आरोप सार्वजनिक भइरहेका छन्। लगातार आरोप आएसँगै हलिउडमा थ्री मी टू अभियान नै चलाइएको छ, जसले गर्दा धेरै महिला तथा पुरुष स्टारले खुलेर आफ्नो अनुभव सेयर गरिरहेका छन्।

अहिले आएर फेरि चर्चित ब्याकस्ट्रिट ब्वाइज ब्याण्डका गायक निक कार्टरमाथि ड्रिम ब्यान्डकी गायिका मेलिसा सुमानले बलात्कारको आरोप लगाएकी छिन्। मेलिसाले सन् २००२ मा निक कार्टरले आफूलाई बलात्कार गरेको आरोप लगाएको एजेन्सीले जनाएको छ। ९० को दशकमा अमेरिकी रक ब्यान्ड ब्याकस्ट्रिट ब्वाइज विश्वभरि नै प्रख्यात थियो र निक कार्टर उक्त ब्यान्डमा सर्वाधिक रुचाइएका गायक थिए। ‘जुन समयमा यो घटना भएको थियो, म १८ वर्षको र निक कार्टर २२ वर्षका थिएँ’ –पीडित गायिका मेलिसा सुमानले भनेकी छिन्। कार्टरले विवाह गर्ने सपना देखाएर उक्त हरकत गरेको पीडित मेलिसाले बताएकी छिन्।

प्रतिक्रिया दिनुहोस्