बिहेको सवालमा सलमानको आक्रोश

0
Shares

बलिउड स्टार सलमान खानले आफ्नो विवाहको बारेमा कडा प्रतिक्रिया दिएका छन्। ‘मसँग यो प्रश्नको जवाफ नै छैन र मलाई यो कुराको पनि खुसी छ कि धेरै मान्छे मेरो विवाहको बारेमा चिन्तित छन्। तर मेरो विवाहबाट तिनीहरुलाई के फाइदा हुन्छ?’ –सलमानले भनेका छन्। विवाह कहिले गर्ने भन्ने प्रश्नबाट आजित सलमानले भनेका छन्– ‘मसँग बिहे हुन्छ या हुँदैन भन्ने उत्तर नै छैन र अहिले म अत्यन्तै खुसी छु।’

सलमानले यसअघि नै विवाह हुनका लागि महिला र पुरुष एकआपसमा साझेदारी गर्न र सहजतापूर्वक जीवन जिउनका लागि तयार हुनुपर्ने बताएका थिए। ‘मलाई बच्चा निकै मनपर्छ। यदि मैले बच्चाको आमालाई त्यागेर मेरो दुई तीन बच्चा हुन्छन् भने मलाई यसमा कुनै आपत्ति छैन।’ –सलमानले एक अन्तर्वार्तामा भनेका थिए। लगातार एकपछि अर्काे हिट फिल्म दिइरहेका सलमानले पछिल्लो केही वर्षदेखि रोमानियाकी मोडल तथा अभिनेत्री लुलिया भन्तुरसँग डेट गरिरहेको समाचार बलिउड सञ्चार माध्यममा आउने गरेको छ। यद्यपि सलमानले लुलियासँगको सम्बन्धका बारेमा भने केही खुलासा गरेका छैनन्।

Skip This