यी हुन शरदकुमार गौचनलाई मार्ने, (फोटो फिचर)



ईश्वरराज ढकाल, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न सुटरसहित ५ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । मुख्य योजनाकार भने अझै फरार छन् । यसरी पक्राउ पर्नेमा राजीव स्याङतान, सिर्जे महतो, मुकेश पाण्डे, सन्तोष गुरुङ र कैलाश गुरुङ रहेका छन् । पक्राउ परेका मध्ये राजीव स्याङतानले गौचनमाथि गोली प्रहार गरेका थिए । ३१ वर्षीय स्याङतान नुवाकोटका वासिन्दा हुन् । त्यस्तै, ३५ वर्षीया सिर्जे महतोले हतियार र मोटरसाइकलको व्यवस्थापन गरेका थिए । विहारका २४ वर्षीय मुकेश पाण्डेले हतियार दिलाएका थिए भने पर्साका सन्तोष गुरुङले मोटरसाइकल दिएका थिए । पक्राउ पर्ने मध्येका कैलाश गुरुङले पनि हत्यामा सहयोगीको भूमिका खेलेको बताइएको छ । गत असोज २३  गते  गौचनको वानेश्वरमा दिनदहाडै गोली प्रहार गरी हत्या  भएको थियो ।  २३ गते दिउँसो  दिउँसो काठमाडौंको शान्तिनगर, खरिबोटस्थित घरबाट निस्केर अलि पर पुगेका गौचनमाथि दुईजना व्यक्तिले गोली हानी भागेका थिए । गौचन चढेको गाडीको अगाडिबाट गोली हानिएको थियो । गौचनमाथि तीनओटा गोली हानिएको थियो । एउटा गोली मुटुमा, एउटा कलेजोमा र एउटा गोली पेटमा लागेका गौचनलाई तत्काल नयाँनेश्वरस्थित सिभिल अस्पताल लगिएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्