अस्ट्रेलियन अभिनेत्रीको खुलासा



अस्ट्रेलियन अभिनेत्री रिबेल विल्सन मनोरञ्जन उद्योगमा यौन उत्पीडनबारे आफ्नो अनुभव सार्वजनिक गर्ने नवीनतम हलिउड स्टार भएकी छिन्। सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै अभिनेत्रीले भनेकी छिन्– ‘एक पुरुष सहकर्मीले आफ्नो शक्ति र सत्ताको आडमा मलाई बारम्बार अश्लील हरकत देखाउन आग्रह गरेका थिए। मैले उनको आग्रहलाई ठाडै अस्वीकार गरें, किनकि त्यो सबै घृणित कार्य थियो।’

विल्सनले नाम गोप्य राख्दै उक्त पुरुष सहकर्मीले यो घटनालाई लिएर फिल्म बनाउने प्रयास गरेको बताइन्। ‘मैले यो घटनालाई लिएर फिल्म स्टुडियोमा सिकायत गरेकी थिएँ र पछि उक्त पुरुष सहकर्मीकै एक प्रतिनिधिले मलाई धम्की दिए’ –उनले खुलासा गर्दै भनेकी छिन्। पछिल्लो हप्ता महिला स्टारमाथि हुने यौन दुराचारविरुद्ध सार्वजनिक रुपमै आक्रोश पोख्नेको संख्यामा वृद्धि भएको छ। हलिउड निर्माता हार्वे वेन्स्टिनको यौन उत्पीडनको समाचार बाहिर आएपछि शुरू भएको यो बहसले यौन उत्पीडनमा परेका महिलाका लागि आफ्नो अनुभव सार्वजनिक गर्न प्रोत्साहित पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्