नेपालीमा ड्रिम गर्र्ल

0
Shares

अब नेपाली भाषामा ड्रिम गर्ल नामक फिल्म बन्ने भएको छ। निर्देशक ऋषिराज आचार्यले नेपाली भाषा ड्रिम गर्ल बनाउन लागेका हुन्। फिल्मको बिहीबार राजधानीमा आयोजित एक समारोहबीच शुभमुहूर्त गरियो।
निर्देशक ऋषिकै लेखन रहेको ड्रिम गर्लकी ड्रिम गर्लको भूमिकामा आश्मा गिरी रहनेछिन्। लगभग सात वटै प्रदेशमा विभिन्न चरणमा गरिएका अडिसनबाट आश्मा ड्रिमगर्लका लागि छानिएको निर्देशक ऋषिले जानकारी गराए। फिल्ममा आश्माको जोडीका रुपमा आकाश श्रेष्ठ रहनेछन्।

आकाशले यसअघि म त तिम्रै हुँ, तिमीसँग र ब्ल्याक नाम फिल्ममा अभिनय गरिसकेका छन् भने आश्माको यो नै डेब्यु फिल्म हो। दक्षिण भारतको रिल एन्ड रियल सिनेमा नामक कम्पनी र निर्देशक ऋषिराजको आरबी मुभिजको ब्यानरमा निर्माण हुने फिल्मको सुटिङ शुक्रबारदेखि शुरू भएको छ। फिल्मका निर्माता अर्जुन शर्मा र निर्देशक आचार्य हुन्।

फिल्ममा आकाश र आश्माका साथमा सरोज खनाल, अर्जुन श्रेष्ठ, विल्सनविक्रम राई, रुपा सुवेदी, पूजा पराजुली, लक्ष्मी गिरी र सुरवीर पण्डित प्रमुख भूमिकामा रहनेछन्। शुभमुहूर्त कार्यक्रममा संविधानविद् डा. भीमार्जुन आचार्य, फिल्म निर्देशक शम्भु प्रधान, स्क्रिप्ट राइटर नूतन प्रधान, अभिनेता, निर्देशक अशोक शर्मा, सञ्चारकर्मी, फिल्म निर्देशक लक्ष्मण सुवेदी, अभिनेता अर्जुन श्रेष्ठलगायतले ड्रिमगर्ललाई सफलताको शुभकामना व्यक्त गरेका थिए।

फिल्ममा अर्जुन पोखरेलको संगीत, राहुल राईको छायांकन, गम्भीर विष्टको नृत्य, सम्राट बस्नेतको द्वन्द्व र नवीन निरौलाको सम्पादन रहनेछ।