गणेश र विष्णुमायाले नचाए लमजुङ

0
Shares

लमजुङ, (नेस)। लोकगायक गणेश गुरुङ र गायिका विष्णुमाया गुरुङका साथमा स्थानीय कलाकारले लमजुङको ग्रामिण पर्यटकीयको अगुवा घलेगाउँबासीलाई नचाएका छन्। घलेगाउँमा ग्रामिण पर्यटनमा खेलकुद पर्यटनसमेत जोड्नका लागि निर्माण गरिएको वास्केटबल खेल मैदानको उदघाटन समारोहमा सो कार्यक्रम गरिएको हो।

त्यस अवसरमा लोकगायक गणेश गुरुङ र गायिका विष्णुमाया गुरुङले आआफ्ना एकल गीतसहित दोहोरी गाएर घलेगाउँबासीलाई नचाएका हुन्। तमु कलाकार संघको केन्द्रीय सचिवसमेत रहेका गणेश गुरुङले सुनको औँठी बैना मारौँ कि, तमु कलाकार संघको केन्द्रीय सदस्य रहेकी विष्णुमाया गुरुङले अल्झे म त तिम्रो हाँसोमा तथा मेरो दिलमा बस राजा बनेर बोलका एकल गीतको प्रस्तुतिलाई पनि दर्शकले रुचाएका थिए।
यसैगरी, स्थानीय कलाकार भारती घले, निशा घले, प्रेम गुरुङसहितले युगल तथा समुह नृत्य देखाएर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए। त्यसपछि लोकगायक गायिका गणेश गुरुङ र विष्णुमाया गुरुङले विभिन्न लोकभाकामा दोहोरी गाएर घलेगाउँबासी दर्शकलाई नचाएका थिए। पुर्वमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रमुख अतिथि र निर्वतमान सांसद जमिन्द्रमान घले विशेष अतिथि रहेको कार्यक्रम पर्यटन विकास समिति घलेगाउँका अध्यक्ष प्रेम घलेको अध्यक्षतामा थियो।

Skip This