प्रहरी र अश्लिल



प्रहरीले अश्लिल शब्द बोल्छ भन्ने आरोप धेरै पहिले देखि लाग्दै आएको छ। प्रहरीको जागिरे भएपछि अश्लिल शब्दले बास पाउने गरेको भन्ने सुनेको धरहराले पछिल्लो पटक यसो आफुनो दुरबिन घुमाउदै प्रहरीका ठुला हामिकहरु जम्मा हुने स्थानमा के पुर्याएको थियो त्यहां त एक बरिष्ठ प्रहरी अधिकारीले बोलेको शब्द सुनेपछि धरहरा लगलग काम्न थाल्यो भन्या।

हेटल सोल्टीमा आयोजित एक कार्यक्रममा महानगरीय अपराध महाशाखाका प्रमुख दिवेश लोहनीले सयौं भीआईजी जम्मा भएको ठाउंमा उनले सबैले सुन्ने गरी मममामु जस्ता शब्द प्रयोग गर्दै आफ्ना जुनियरलाई गरेको गाली देखेर उनीप्रति धरहरालाई दया जागेर आयो ।

हैन उनी मानसिक रुपमा कति दरिद्र रहेछन भने सबैको अगाडी त्यसरी अश्लिल शब्द प्रयोग गरेको भन्दै उनका पछाडी भएका केही महिला भिआईपीले उनलाई सराप्दै हिडेको दृष्य देखेपछि धरहरालाई पनि ती एसएसपी प्रति दया लागेर आयो भन्या । बोल्न त बोल्नु कुठाउमा किन बोल्नु उनले आफु कहां छु भन्ने मदहोमा नै बिसिएका हुन कि के हो कुन्नी यो चाही खोज्ने जिम्मा प्रहरी हेडक्वाटरको हो है पाठक बृन्द ?

प्रतिक्रिया दिनुहोस्