कक्षामा कार छिर्यो



 

 

सिडनी, (एजेन्सी)
अस्ट्रेलियाको सिडनीमा एउटा कार प्राथमिक विद्यालयको एउटा कक्षाकोठाभित्र जोतिन पुग्दा २ जना ८ वर्ष उमेरका बालकको मृत्यु भएको प्रहरीले मंगलबार जनाएको छ। ब्यान्क्सिया रोड पब्लिक स्कुलमा भएको यस दुर्घटनामा घाइते हुन पुगेका अन्य ३ जना बालिकाको अस्पतालमा उपचार भइरहेको छ। सो कोठामा रहेका अन्य १९ जना बालबालिकामध्ये अधिकांशको स्वास्थकर्मीहरूले तत्काल स्वास्थ परीक्षण गरेका थिए। ५२ वर्षीया महिला ड्राइभरलाई पनि घाइते अवस्थामा नजिकको स्थानीय अस्पतालमा भर्ना गरिएको छ। स्थानीय निकायले यो दुर्घटना नियतवश नगराइएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्