जेनीले ल्याइन् अर्को गीत

0
Shares

 

अभिनेतृ तथा निर्मात्री जेनी कुँवरले छाइदेउ श्री हजुर मनमा बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेकी छिन्।

उनको यो गीत र म्युजिक भिडियो राजधानीको रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा पूर्वसंस्कृतिमन्त्री दीपकुमार उपाध्यायले सार्वजनिक गरेका थिए। अभिनेतृ कुँवरको शब्द, संगीत र स्वर रहेको गीतको म्युजिक भिडियो समन अधिकारीले निर्देशन गरेका छन् भने छायांकन दीपेन्द्र थपलियाले गरेका छन्। भिडियोमा जेनी स्वयंले अभिनय गरेकी छिन् भने सम्पादन लोकेश व्रजाचार्यले गरेका छन्।

कार्यक्रममा शास्त्रीय संगीतकार प्रभुराज ढकालले संगीतको मुख्य बिन्दु शास्त्रीय संगीत भएको चर्चा गर्दै स्वर संगीतपछिको विषय भएको बताए। त्यसै गरी गायिकासमेत बनेकी जेनीले सत्याकृत ब्यान्डमा जोडिएदेखि सत्यको पछि लाग्न थालको तथा हिजोका दिनमा गरेका कामहरु, मैले अङ्ग देखाएर अभिनय गरेका भिडियोहरु चल्नकै लागि मात्र गरेको महसुस भएको बताइन्। ‘कला छोपेर देखाउँदा पनि देखिन्छ, अङ्ग प्रदर्शन गर्नु आवश्यक रहेनछ भन्ने लाग्छ’ –उनको भनाइ थियो। कार्यक्रममा उक्त ब्यान्डले मधुस्मृति बोलको गीत प्रस्तुत गरेको थियो।

Skip This