हेल्लो सरकारको चर्तिकला



 

हेल्लो सरकार नेपाली जनताले भरोसा गरेको एउटा जनगुनासो सुन्ने निकाय हो यो भनिरहनुपर्ने विषय होइन सारा नेपाली जनताले राम्रोसँग बुझेकै छन्। पहिला–पहिला हेल्लो सरकार जनताको भरोसायोग्य संस्था थियो। जनताले हरेक समस्या हेल्लो सरकारमा टिपाउने गरेका थिए।

समस्या पनि समाधान हुने गरेको थियो। तर, अहिले हेल्लो सरकारको ताल देखेर धरहरालाई लाग्न थालेको छ त्यहाँ कार्यरत कर्मचारीले होसमा कुनै काम गर्दैनन्। एउटा समस्या देखियो भनेर जनताले गुनासो गर्यो भन्यो उसले दिने जवाफ तपाईं पाठकवृन्दले सुन्नुभयो भने हासेर बेहोस हुन बेर छैन। धरहरा त केहीछिन झण्डै बेहोस भएको। एक जना जिज्ञासुले हेल्लो सरकारलाई एउटा गुनासो टिपाए लौन भदौको पहिलो हप्ता गएको बाढी–पहिरोमा परी विराटनगर एयरपोर्टमा राखिएको एक्सरे मेसिन बिग्रिएका कारण त्यहाँ समस्या नै समस्या आयो लौन यसको केही उपचार पाउँ भनेर बिन्ती के गरेका थिए

हेल्लो सरकारले जवाफदियो– यो समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालयलाई लेखी पठाएको जवाफ दिएपछि निवेदन दिने ती मनुवा ट्वाँ परेको देखेर धरहरा तीनछक पर्यो। हैन हाम्रा देउवा दाइले हेल्लो सरकारमा कस्ता मान्छे लगेर राखेका छन् कुन्नी धरहराले बुझेको भए मरी जाउँ। अर्थ न व्यर्थ गोविन्द गाई टाउको दुःखेको औषधि नाइटामा लगाई भनेको यही होइन त पाठकवृन्द ?

प्रतिक्रिया दिनुहोस्