काँग्रेस भित्र रहेको गुटबन्दीलाई अन्त्य गरेर जानु पर्छ –नेता महत

0
Shares

 

पुष्कर बुढाथोकी, भक्तपुर ।

पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामशरण महतले नेपाली काँग्रेस भित्र रहेको गुटबन्दीलाई अन्त्य गरेर जानु पर्ने बताउनुभएको छ । आज नेपाली काँग्रेस मध्यपुर थिमि नगर कार्य समितिले कौशलटारमा आयोजना गरेको विपि कोईरालाको १०३ औ जन्मजयन्तीको अवसरमा आयोजित वर्तमान राजनीतिक परिप्रेक्षमा विविको विचारको सान्दर्भिकता विषयक विचार गोष्ठीमा उहाँले यस्तो बताउनु भएको हो । उहाँले स्वार्थी प्रबत्तिले पार्टी माथि जान नसक्ने जिकिर गर्दै पार्टीलाई सर्वोपरी माथि राखेर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।

विपि र गणेशमानले सत्ता र पदलाई त्यागेर पार्टीलाई शिरोपरि गरेजस्तै काँग्रेसको मूल्य र मान्यतालाई स्मरण गर्दै नेता, कार्यकर्ता अगाडि बढ्नु पर्ने चर्चा गर्नुभयो । युग अनुसार विपिको विचारलाई स्थापित गर्दै लैजानु पर्नेमा उहाँले जोड दिंदै महतले बिपी कोइरालाकोे विचारलाई आत्मसात् गरेर अघि बढे मात्रै देश अघि बढ्ने बताउनुभयो । विपिको विचारलाई अबलम्बन गर्नुभन्दा पनि पैसा, पद, प्रतिष्ठा र सत्तामा बढी ध्यान दिदाँ नेपाली काँग्रेस पछाडि परेको बताउनु भयो ।
पार्टीका नेता तथा कार्यकर्ताहरु पद र प्रतिष्ठाका लागि मात्रै दौडधुप गर्ने प्रबृत्ति हावी भएको बताउँदै उहाँले भन्नुभयो–“अहिले सत्ता, पैसा र पद मै हालालुछ हुन थालेको छ, ६–६ महिनामा सत्ता परिवर्तन भईरहे पछि यस्तै हुन्छ ।”यस्तैगरि देश अगाडि बढे आगामी दिन सजिलो नहुने बताउँदै उहाँले सत्ता, पद, पैसा र प्रतिष्ठाका लागि मरिमेट्ने प्रबृत्ति त्याग्नु पर्ने औल्याउनुभयो । नेता महतले स्थानीय निकायको पदाधिकारीले भत्ता, सेवा र सुविधामा मात्रै ध्यान दिने गरेको पाईएको बताउँदै उहाँले विकास बजेट समेत त्यसैमा सिद्धिनमो चिन्ता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य एवं नेपाल तरुण दलका पूर्व अध्यक्ष विनोद कायस्थले पार्टी भित्रको अन्तर कलहलाई अन्त्य गरेर स्थानीय तहको समिक्षा गर्दै चुनावमा गए फेरी पनि नेपाली काँग्रेस आगामी निर्वाचनमा पहिलो पार्टी हुने दाबी गर्नुभयो ।

त्यसअवसरमा नेपाली काग्रेसका जिल्ला सभापति दूर्लभ थापा, नेपाल महिला संघ भक्तपुरकी अध्यक्ष सरु बानीयाँ, क्षेत्र नं. १ का अध्यक्ष जीवन खत्री, क्षेत्र नं. २ का अध्यक्ष नारायण खायमली, मध्यपुरथिमि नगरपालिकाका पूर्व नगरप्रमुख मदनकृष्ण श्रेष्ठ, नेपाली काँग्रेस मध्यपुर नगर समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठ लगायतले आगामी मंसिरमा हुने प्रदेश र संसदको निर्वाचनमा भक्तपुरमा काँग्रेस पहिलो पार्टी बनाउन आवश्यक रणनीति तय गरेर अगाडि जाने बताउनुभयो ।