छेउकै माहौल



 

नेपाल पत्रकार महासंघको २५ औं महाधिवेसन आजबाट राजधानीमा सुरु हुन लागेकोले धरहराले पनि हिजो आफ्नो ध्यान त्यतै केन्द्रीत गर्नु ठीक ठान्यो। यसको छेऊमै रहेको सुन्धारामा देखिएका गजबका दृश्यले धरहरापनि प्रभावित
भएको छ।

ओहो त्यहाँ त खानपिन र मोजमस्ती गजबकै पो देखियो त। खानपिन गर्नेलाई त मजै हुन्छ होला तर जो उम्मेदवारले खानपिन गराइरहेका छन् तिनले पछि हारे भने चाहिं त्यसको क्षतिपूर्ति कताबाट उठाउने होला ? पैसो भन्ने चिजको त खोलो बगेको पो देख्यो त होऊ धरहराले ? कताबाट आयो यति साह्रो पैसा। कुरा नबुझेर धरहरा तीन छक परेको छ है पाठकबृन्द अर्कातर्फ भोट माग्दै फोन गर्ने, घरदैलो गर्ने र एसएमएस पठाउनेको पनि लर्को लागेको देखिएको छ। एक जना उम्मेदवार धरहराको छेऊमै आएर भन्दै थिए—कोही पनि हुन्न भन्दैनन्। यस्तै हो भने त पूरै भोट मलाई नै पर्ला जस्तो पो देखियो त। होला त मतदाता महानुभावहरू। चलन के रहेछ भने फोन गर्ने जति सबैलाई मतदाताले हुन्छ भन्दिदा रहेछन्। तर, साँच्चै सबैलाई मत हाल्यो भने त फेरि मतपत्र नै रद्ध हुने होला। कस्तो कुरा नबुझेको उम्मेदवार महोदयहरूले पनि ?

प्रतिक्रिया दिनुहोस्