बलिउड इन्स्टाग्राम सेलिब्रेटीको सूचीमा नायिका मात्र



अचेल सेलिब्रेटीहरुका लागि सामाजिक सञ्जाल आफ्ना प्रशंसक र समर्थकहरुसँग नजिकिने माध्यम बनेको छ। अहिले आएर यो अति नै आवश्यक भइसकेको छ। बलिउड फिल्म उद्योगमा कलाकारका लागि सामाजिक सञ्जालअन्तर्गतको इन्स्टाग्रामको निकै क्रेज छ।

तर अनौठो कुरा के छ भने बलिउडमा किङ खानको नामले चर्चित शाहरुख खानदेखि लिएर अमिताभ बच्चनजस्ता दिग्गज टप ५ इन्स्टाग्राम सेलिब्रेटीको सूचीमा अटाएका छैनन्। त्यस्तै उत्कृष्ट ५ मा महिलाकै वर्चस्व रहेको छ। उत्कृष्ट ५ मा को–को परे त?

ज्याकलिन फर्नान्डेज

श्रीलंकाकी चर्चित हिरोइन र मोडल ज्याकलिन सन् २००९ मा बलिउड प्रवेश गरेकी हुन्।

यतिखेर बलिउडमा चलेका हिरोइनहरुको नाममा ज्याकलिन पनि पर्छिन्।

फिल्म मर्डर टुबाट बलिउडमा परिचय बनाएकी ज्याकलिनलाई १ करोड ४० लाख बढीले पछ्याइरहेका छन्।

श्रद्धा कपूर

चर्चित कलाकार शक्ति कपूरको नायिका छोरी श्रद्धा कपूर पनि पछिल्लो समय बलिउडमा चर्चित नाम हो। आप्mनो सौन्दर्य र अभिनयका साथै गायनको कलाले श्रद्धालाई यो सूचीको चौथो स्थानमा उभ्याएको छ। फिल्म तीन पत्तीमा छोटो भूमिका निर्वाह गरेर अभिनय यात्रा शुरु गरेकी श्रद्धालाई १ करोड ६७ लाख बढीले पछ्याइरहेका छन्।

आलिया भट्टट्ट

तेस्रो स्थानमा भने नयाँ पुस्ताकी चर्चित अभिनेत्री तथा बलिउड हस्ती महेश भट्टको छोरी आलिया परेकी छिन्। छोटो समयमा नै हिट फिल्महरु दिएर चर्चामा रहेकी आलियालाई बलिउडमा निकै प्रतिभावान् र आशालाग्दो कलाकारका रूपमा हेरिन्छ। करन जोहरको फिल्म स्टुटेन्ट अफ द इयरबाट फिल्मफेयर उत्कृष्ट महिला डेब्यु कलाकारको अवार्ड हात पारेकी आलियालाई १ करोड ७२ लाख बढीले पछ्याइरहेका छन्।

प्रियंका चोपडा 

त्यस्तै दोस्रो नम्बरमा बलिउडदेखि हलिउडसम्म आप्mनो प्रभाव देखाइसकेकी प्रियंका चोपडा परेकी छिन्। सन् २००० की मिस वल्र्ड उनले अभिनयदेखि लिएर गायनमा पनि सक्रियता देखाउँदै आएकी छिन्। प्रियंकाले बलिउडमा काम गरे बापत मोटो रकम लिने गरेकी छिन्। लिड रोलमा रहेका सनी देवलको फिल्म द हिरोः लभ स्टोरी अफ अ पाइबाट डेब्यू गरेकी प्रियंकालाई १ करोड ८६ लाख बढीले पछ्याइरहेका छन्।

दीपिका पादुकोण

दीपिका बलिउड उद्योगमा सर्वाधिक पारिश्रमिक लिने मध्येकी एक हिरोइन हुन्।

दीपिकाको सुन्दरता र आकर्षण पूरै बलिउडमा प्रख्यात छ। यसै कारण उनी बलिउडबाट इन्स्टाग्राममा सर्वाधिक पछ्याइने सेलिब्रेटीको पहिलो नम्बरमा परेकी छिन्।

शाहरुख खान अभिनित फिल्म ओम शान्ति ओमबाट आप्mनो फिल्मी करियर शुरु गरेकी दीपिकाले हलिउड फिल्ममा समेत उपस्थिति जनाइसकेकी छिन्।

उनलाई १ करोड ९० लाख बढीले पछ्याइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्