नेहाले खोलिन् कृतिको पोल



 

बलिउडमा अभिनेतृबाट एंकर बनेकी नेहा धुपियाले अभिनेतृ कृति सेनन तथा नायक सुशान्त सिंह राजपुतको बोरमा एक खुलासा गरेकी छिन्।

केही समय पहिले प्रदर्शनमा आएको फिल्म राब्तामा साथै काम गरेका कृति तथा सुशान्त रिलेसनमा छन् भन्ने हल्ला थियो। तर, यस कुरालाई कृति तथा सुशान्तले भने कहिल्यै स्वीकार गरेनन्। यही कुरालाई नेहाले सबसामु उजागर गरिदिएकी हुन्।

एक भारतीय टेलिभिजनले नेहासँग गरेको अन्तरवार्तामा जब उनलाई कृति र सुशान्तको बारेमा सोधियो उनले भनिन्– ‘हो उनीहरु एक–अर्कोसँग डेट गरिरहेका छन्।’ उनको अनुसार रिल लाइफको यी जोडी रिएल लाइफमा पनि डेट गरिरहेका छन्। पछिल्लो साल सुशातन्ले लामो समय साथमा रहेकी प्रेमिका अंकिता लोखडेसँग ब्रेकअप लिएका थिए। जब उनीहरु फिल्ममा सँगै देखिएका थिए, उनीहरुको बारेमा रिलेसनसिपको हल्ला चले पनि उनीहरु भने चुप थिए। त्यसपछि उनीहरुले एक म्युजिक भिडियोमा सँगै काम गरेका थिए। तर, अहिलेसम्म पनि उनीहरुले आफ्नो बारेमा चलेका हल्लाहरु बकवास हुन् भनिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्