बाढीपीडितकालागि एनआरएनको राहत कोष, शेष घले दम्पत्तिले दिए १ करोड, तत्काल राहत वितरण गर्ने



नेपाल समाचारपत्र, काठमाडौ ।
दर्जनौंको मृत्यु र हजारौं परिवार घरवारविहीन हुनेगरी तराईमा आएको बाढी पहिरो पीडितलाई राहत प्रदान गर्न गैरआवासीय नेपाली संघ ९एनआरएनए० ले आपतकालीन राहत कोषको स्थापना गरेको छ ।

कोषमा अध्यक्ष शेष घले र जमुना घलेले एक करोड रुपैयाँ सहयोगको प्रतिबद्धता जनाएका छन् ।

एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद्को आइतबार बसेको आकस्मिक बैठकले आपतकालीन राहत प्रदानका लागि कोष स्थापना गर्ने र तत्कालै राहत वितरणमा खटिने निर्णय गरेको छ ।

यो दुःखको घडीमा हामी देशवासीको साथमा छौ अध्यक्ष घलेले भने -बैठकबाट हामीले एक करोड बढी रकम संकलन गरिसकेका छौं,आवश्यक राहत सामाग्री खरिद गरी हामी तत्कालै वितरणमा खटिने छौं ।

संघका अध्यक्ष घले र उनकी पत्नी जमुना गुरुङको एमआईटी फाउण्डेसनले बाढी पीडितकालागि १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्