राजधानीको गाह्रो



 

काठमाडौंका गल्ली, मुख्य सडक जता हिँड्यो साह«ै कष्टकर भएको धरहराले मात्रै होइन सर्वसाधारणले समेत महशुस गरेका छन्।

जताजतै खाल्डो र गाडीको जामले गर्दा हिँड्नै गाह«ो भइरहेको छ। अहिले पनि यस्तो भइरहने भनेको सम्बन्धित निकायलाई नै लाज लाग्नुपर्ने कुरा हो।
अहिले स्थानीय चुनावबाट तल्ला निकाय हरेक वडाका जनताको समस्या हेर्ने सरोकारवाला आइसकेका छन्। तै पनि यहाँ मान्छेहरू राम्ररी हिँड्न पाइरहेका छैनन्। सामान ओसार्ने गाडीको दादागिरी पनि चलिरहेकै छ।

मुख्य सडकको बीचमै गाडी रोकेर सामान ओसार्ने र ओराल्ने काम भइरहेकै छ। पहिले यस्ता सामान ओसार्ने गाडीहरू बेलुकी ८ बजेपछि मात्रै सडक र गल्लीमा गुड्ने गर्थे अहिले भने मनपरी भइरहेको छ। के भएको होला है पाठकबृन्द ?

प्रतिक्रिया दिनुहोस्