रुद्र र प्रेमगीत २ को भिडन्त

0
Shares

 

आज शुक्रबार देशभर एक्सन र प्रेमकथाका फिल्म रुद्र र प्रेम गीत २ बीच भिडन्त हुने भएको छ। यी दुवै फिल्म एकसाथ रिलिजमा आउन लागेका हुन्।

रुद्र नायक, निर्माता तथा निर्देशक निखिल उप्रेतीको प्रस्तुतिमा बनेको छ भने रामजी लामिछानेले यसलाई निर्देशन गरेका छन्। एक्सनलाई प्रेमले जितेको रुद्रमा नायक निखिल उप्रेती नेगेटिभ हिरोको सरप्राइज भूमिकामा छन्। उनी यसमा अनौठो द्वन्द्वका साथ प्रस्तुत भएका छन्। फिल्ममा लेखन रामजीकै छ।

निखिलका साथमा नवनायक तथा नायिका विश्व शर्मा र सारा तथा ध्रुव कोइराला, अनिल पाण्डे, रोयदीप श्रेष्ठ, जितेन लामा, भाष्कर ओली, रोशन पोखरेल मुख्य कलाकार रहेको फिल्ममा दिनेश सोनम र निखिल उप्रेतीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व, सौरभ लामाको छायांकन र बनिष शाहको सम्पादन रहेको छ। बुधबार राजधानीमा गरिएको प्रिमियरबाट यो फिल्मले प्रशंसा पाएको छ।

त्यसै गरी म्यानमारबाट नेपाल घुम्न आएकी युवती नेपाली युवकको प्रेममा परेपछिको घटनाक्रमलाई उनिएको प्रेमगीत २ लाई रामशरण पाठकले निर्देशन गरेका छन्। अभिनेता प्रदीप खड्का र नवअभिनेत्री अश्लेषा ठकुरी मुख्य भूमिका रहेको फिल्ममा निर्माता सन्तोष सेनसमेतले अभिनय गरेका छन्। यो फिल्मको केहीअघि पोखरा र बुटवलमा विशेष सो गरिएको थियो। दर्शकले सकारात्मक प्रतिक्रिया दिएका थिए। फिल्म प्रदर्शनअगाडि नै यसकी नवनायिका अश्लेषा ठकुरीले उचाइ बनाएकी छिन् भने प्रदीप अघिल्लो सिक्वेलबाटै स्थापित हुन सफल भएका छन्।

Skip This