देशभर दुई फिल्म



 

जापानमा प्रिमियर शो गरेर वाहवाही पाएको फिल्म सायद–२ तथा बिहीबार राति राजधानीमा प्रिमियर शो गरिएको फिल्म म यस्तो गीत गाउँछु आज शुक्रबारबाट अल नेपाल रिलिजमा आउने भएको छ।
बलिउड फिल्मको समेत निर्देशन गरिसकेका नेपाली युवा पुष्पारा न्यौपानेको लेखन तथा निर्देशनमा बनेको सायद–२ लाई यो वर्षको बलियो फिल्ममध्ये एक ठानिएको छ। दुर्गिस फिल्मको ब्यानरमा दुर्गिस थापाको प्रस्तुति तथा सुनील रावल, ईश्वर श्रेष्ठ र सुभास लामिछानेको निर्माण एवं हेमदेव गौतम र कृष्ण प्रधानको सहनिर्माणमा बनेको सायद–२ प्रेमकथामा आधारित छ। सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, सुनील रावल, सुशील सिटौला, निशा कार्की, रुविना श्रेष्ठ, बुद्धिलाल मगरलगायतका कलाकारले प्रमुख भूमिकामा अभिनय गरेको फिल्ममा कथा सुनील रावल, संवाद केदार भुसाल, नृत्य गोविन्द राई र विक्रम स्वाँर, द्वन्द्व अष्ट महर्जन, छायांकन राजुविक्रम थापा र सम्पादन दीर्घ खड्काको रहेको छ।

त्यसै गरी सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा सुदर्शनकै कथा, निर्माण र निर्देशन रहेको म यस्तो गीत गाउँछुमा पल शाह, पूजा शर्मा, सरोज खनाल, रूपा राना, राजाराम पौडेल, मोहन निरौला, नवीन मानन्धर, विक्रम सेन, अर्जुन गुरुङलगायत प्रमुख भूमिकामा छन्।

प्रतिक्रिया दिनुहोस्